२९ आश्विन २०८३, बिहिबार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मनायो मोतीजयन्ती

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १४ भदौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आइतबार १५७औँ मोतीजयन्ती मनाएको छ ।

कार्यक्रममा मोतीराम भट्टको साहित्यिक योगदानको बारेमा चर्चा गरिनाका साथै बाबुको मुख हेर्ने कुशे औँशीको सन्दर्भका ‘बा’ विषयक सिर्जना वाचन पनि गरिएको थियो ।

साहित्यकार डा. बमबहादुर थापा जितालीले युवा कवि भट्टका बारेमा विचार राख्दै कविता सुनाए भने विभिन्न सर्जकले सिर्जना वाचन गरे ।

कार्यक्रममा गोविन्द गिरी प्रेरणा, लव गाउले, पदम विश्वकर्मा, राजेन्द्रप्रसाद अर्याल, सीता अर्याल, पुरु सुवेदी, नारायण अधिकारी, तीर्थराज पाण्डे, निजानन्द मल्ल, ईश्वरी भट्ट, सुरेश पोखरेल, कल्पना सत्याल, कृष्णकुमार गिरी, डा. अमरबहादुर कार्की, रजनी श्रेष्ठ, रवीन्द्रभक्त श्रेष्ठ, महेश्वर शर्मा, महता घिमिरे, नीलकण्ठ सुवेदी, प्रकाश नेपाल, सतिश चापागाई, आनन्द श्रेष्ठ, महेश्वर पन्त, लालगोपाल सुवेदी, टंकमणि आचार्य, सुदीपभद्र खनाल, सरिता अर्याल, राजा घले, हरिऊँ, परशुराम भण्डारी, किस्मत भण्डारीलगायतले सिर्जना वाचन तथा सहभागिता जनाए ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आयोजित कार्यक्रमको संयोजन महासचिव विमला निरौलाले गरेकी थिइन् भने स्वागत, धन्यवाद ज्ञापन र सञ्चालन क्रमशः सर्वज्ञ वाग्ले, राजेन्द्र श्रेष्ठ र शकुन ज्ञवालीले गरेका थिए ।