
सिड्नी, १३ भदौ । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अध्यक्षमा केशव जोशी चयन भएका छन् ।
अष्ट्रेलियाको सिड्नीमा सम्पन्न पाचौं अधिवेसनले तीन वर्षका लागि जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सिड्नीको अर्बनमा आयोजित अधिवेशन दुई दिनसम्म चलेको थियो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा बालगोपाल उपाध्याय, चीन नेपाली र राम घिमिरे चयन भएका छन् भने सचिवमा प्रकाश पन्थी चयन भएका छन् । त्यस्तै कार्यसमितिको सह–सचिवमा असिम कोइराला, होमनाथ निरौला र हेमराज खनाल चुनिएका छन् ।
त्यस्तै नवगठित कार्यसमितिका सदस्यहरूमा अधिवेशनले नरवीर नेम्वाङ, उत्तम अधिकारी, सुजन लामिछाने, बीएन मण्डल, दिनेश पाण्डे, किशोर भण्डारी, नारायण बस्नेत, विशाल रानामगर, पर्वत मगर, प्रकाश पौडेल, प्रेमप्रकाश शाही, भवानी पौडेल, कृष्ण गैरे, सूर्यमोहन शर्मा, विजय फुँयाल र भुवन पाण्डे चयन गरेको छ ।
यसैगरी कमिटीको आर्थिक विभाग प्रमुखमा दिपक पहारी चयन भएका छन् ।
सिडनीमा सम्पन्न मञ्चको अधिवेशनमा प्रमुअ अतिथिका रूपमा नेकपा एमालेका प्रवास विभाग इञ्चार्ज डा. राजन भट्टराईको उपस्थिति थियो । उक्त अवसरमा भट्टराईले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रवासमा र नेपालमा रहने सबै मिलेर नेपाली राजनीतिका खराब प्रवृत्तिहरुलाई हराउनुपर्ने बताए ।
‘प्रवासबाट तपाइँहरूले नेपाल र नेपालीको हितका लागि खेल्नुभएको भूमिका सह्रानीय छ । अबका दिनहरूमा पनि तपाईहरूको यस्तो सकारात्मक सोच र विचारले निरन्तरता पाउँदै जानुपर्छ,’ प्रमुख अतिथि डा. भट्टराईले भने ।
अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डे, सल्लाहकार परिषद् प्रमुख सञ्जय थापा, प्रवासी नेपाली मञ्च ओसेनियाका संयोजक राजु उपाध्याय, इञ्चार्ज डा. विनोद श्रेष्ठ, एनआरएन आईसीसीका सचिव होम पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।













प्रतिक्रिया