२९ आश्विन २०८३, बिहिबार

कञ्चनपुरमा समाजवादी र माओवादीका सांसदसहितका नेताहरु एमाले प्रवेश गर्दै, ओलीले स्वागत गर्ने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका नेताहरु एमाले प्रेवेश गर्ने भएका छन् ।

एमाले प्रवेश गर्नेहरुमा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता रहेका छन् ।

सांसद बुढाथोकीका श्रीमान् समेत रहेका एकीकृत समाजवादीका वीरबहादुर बुढाथोकी पनि एमाले प्रवेश गर्ने तयारीमा रहेका छन् । समाजवादीका जिल्ला उपाध्यक्षसहितका चार जना पदाधिकारी एमालेमा फर्किने बताइएको छ ।

उनीहरुलाई पार्टीमा स्वागत गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर जाँदैछन् । ओलीले भदौ १५ गते महेन्द्रनगरमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता कार्यकर्ताहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।