
काठमाडौं, १२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो । केन्यालाई नेपालले तेस्रो टी-२० आईमा ४ विकेटले पराजित गरेको छ । यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ ।
यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार हुनेछ ।













प्रतिक्रिया