२९ आश्विन २०८३, बिहिबार

अनेसासले जुम माध्यमबाट मनायो तीज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १२ भदौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले जुम माध्यमबाट साहित्यिक कार्यक्रम गरेर तीज मनाएको छ ।

विश्वभर छरिएर रहेका हिन्दू महिलाहरूको सम्मानमा आयोजित उक्त कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी गीता खत्रीदेखि आजीवन सदस्य तथा गायिका अम्बिका भण्डारीसम्मको तीज गीत प्रदर्शन र गायनहरू प्रस्तुत गरिए ।

कार्यक्रममा साहित्यकार डा. रघुनाथ अर्याल र पुनम काफ्लेले तीजको साँस्क‍ृतिक महत्वका बारेमा प्रकाश पारे भने राधा पौडेल, शान्ता अधिकारी, विष्णु कँडेल, जानुका ढुंगेल, राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, शुभलक्ष्मी कोइराला, मञ्जु खराल, रीतादेवी प्रधान, गीता बजगाईंलगायतले गीत, कविता र मन्तव्य व्यक्त गरे ।

अनेसासका महासचिव विमला निरौलाको संयोजनमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय सदस्य तारा अधिकारीले धन्यवाद ज्ञापन र शकुन ज्ञवालीले सञ्चालन गरेका थिए ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा आयोजना भएको कार्यक्रममा पदम विश्वकर्मा, सर्वज्ञ वाग्ले, महेश्वर शर्मा, निजानन्द मल्ल, सुदीपभद्र खनाललगायतका अनेसास पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो ।