
काठमाडौं, १२ भदौ । नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ ।
बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।
बैठकमा आगामी निर्वाचन लक्षित योजना बनाइने बताइएको छ ।













प्रतिक्रिया