२९ आश्विन २०८३, बिहिबार

त्रिभुवन विश्वविद्यालयले माग्यो सुरक्षाकर्मी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । त्रिभुवन विश्वविद्यालयले सरकारसमक्ष सुरक्षाकर्मीको माग गरेको छ ।

त्रिवि केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघ, कीर्तिपुरका विद्यार्थीको केही समुहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारवाही गर्दा बारम्बार कार्यालयमा जवरजस्ती प्रवेश गरी अवरोध सृजना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेश गर्ने तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सुरक्षाकर्मीको व्यवस्था गर्न माग गरेको हो ।

यसबारे विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना भई सो बारेमा छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक कान्तिपथ, जमलस्थित होटल एल्लो प्यागोडामा भदौँ १० को बैठक बस्ने क्रममा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत नेपाल विद्यार्थी संघसँग आबद्ध विद्यार्थी हौं भन्दै १०/१५ जनाको समूह जवरजस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी, कार्यकारी परिषद्का सदस्यहरू एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णय सहितको पुस्तिका एवं अन्य महत्वपूर्ण कागजपत्र र फाइलहरू खोस्ने/कब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीहरूलाई हातपात गर्न खोज्ने आदि जस्ता अभद्र व्यवहार गरी महत्वपूर्ण कागजात लुटी लिने कार्य गरेको विश्वविद्यालयको भनाइ छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘देशको अस्तित्वसँग सार्थक सम्बन्ध रहेको शिक्षा क्षेत्रको धरोहर बनेको मन्दिर त्रिभुवन विश्वविद्यालय जस्तो शिक्षण संस्थाका पदाधिकारी एवं कर्मचारी प्रति गरिएका यस्ता गतिविधिहरूलाई सभ्य समाजका कुनै पनि व्यक्तिले स्वभाविक मान्न सक्दैन । प्रत्येक नागरिक तथा राष्ट्रसेवक व्यक्तिलाई सम्मानपूर्वक बाँच्ने, पेशा वा रोजगार गर्न पाउने संविधान तथा कानूनले प्रत्याभूत गरेको संवैधानिक तथा कानूनी हकको विपरीत हुनेगरी कानून आफ्नो हातमा लिई पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेश गरी जनताको करबाट उठेको रकमबाट खरिद गरिएका सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, सो समयमा सुरक्षाकर्मी मूकदर्शक भएर हेरिरहने, पदाधिकारीलाई कार्यकक्षमा प्रवेश गर्न निषेध गर्ने, पदाधिकारी तथा कर्मचारीहरू प्रति दुर्व्यवहार गर्ने कार्यले विश्वविद्यालयको नियमित कामहरू प्रभावित भएका छन् ।’

हेर्नुस् विज्ञप्तिः