
काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् । उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित सभामा उनले भने पछाडि ‘बा भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि बा भएकाहरु बालेन शांह डोजर लिएर निस्किसके ।













प्रतिक्रिया