२९ आश्विन २०८३, बिहिबार

निर्वाचन आयोगविरुद्ध कमल थापाको राप्रपा नेपाल अदालत जाने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल निर्वाचन आयोगविरुद्ध अदालत जाने भएको छ ।

अध्यक्ष थापाले आज सामाजिक सञ्चाल ट्वीटरमार्फत यसबारे जानकारी गराएका हुन् । आयोगले राप्रपा नेपाललाई गाई चिन्ह नदिएपछि अदालत जान लागेको थापाले बताए ।

‘कानुनअनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ थापाले ट्वीटरमा लेखेका छन् ।