बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मासु काटिरहेको सपना देखेका युवाले सपनाकै तालमा आफ्नो गुप्ताङ्ग काटे

दैनिक नेपाल २०७९ भदौ १० गते १०:५२

काठमाडौं । एक व्यक्तिले सुतिरहेको बेला आफूले मासु काटिरहेको सपना देखिरहेका थिए । सपनामा उनी मासु काट्न मस्त थिए तर सपनाको तालमा उनले साँच्चिकै आफ्नै गुप्तांग काटेका छन् । उनी सुतिरहेको बेला उनको हातमा वास्तवमै चक्कु थियो । निद्रामै असह्य पीडा भएपछि ब्यूँझँदा उनी आत्तिए । उनी रगतले लतपतिएका थिए ।

उक्त व्यक्तिको नाम कोफी अटा हो। उनी घानाका हुन् र पेसाले किसान हुन्। कोफीले सुतेको बेला आफ्नै गुप्ताङ्गमा चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

कोफीले भने कि जब उनी उठे, उनले आफ्नो गोप्य भाग काटिएको पाए। उनले निद्रामा बाख्रा काटिरहेको सपना देखेको दाबी गरे । जीएचवन टिभीको रिपोर्ट अनुसार कोफी आफ्नो प्राइभेट पार्टमा गहिरो पीडा महसुस गरेपछि ब्युँझिए। यो घटना १२ अगस्टको हो।

बीबीसी पिडगिनसँगको कुराकानीमा कोफीले अहिले आफ्नो अस्पतालमा उपचार भइरहेको बताए । तर उनको शल्यक्रिया गर्नुपर्ने देखिन्छ । कोफीले शल्यक्रियाका लागि कोम्फो अनोक्ये शिक्षण अस्पताल (काठ) जानुपर्ने बताएका थिए । यसका लागि उनलाई पैसा चाहिन्छ।

एबीसी न्यूजको रिपोर्ट अनुसार कोफीले आफू कुर्सीमा सुतिरहेको बताएका थिए । उनको हातमा चक्कु कहाँबाट आयो भन्ने पत्तो थिएन । घटनाको समयमा कोफीकी श्रीमती एडवोवा कोनाडु कुनै यात्रामा थिइन् भन्ने रिपोर्टले दाबी गरेको छ। छिमेकीले उनलाई सम्पर्क गरेका थिए ।

जब कोफीकी श्रीमती घर पुगिन्, उनले आफ्ना श्रीमान् रगतले लतपतिएको देखिन्। उनी दौडेर रगत रोक्नको लागि डायपर ल्याइन्। गम्भिर चोट लागेका कारण उनलाई तत्कालै अस्पताल लगिएको थियो । कोफीको शरिरमा काटिएको गोप्य भाग जोडिएको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित