
काठमाडौं, १० भदौ । सिट बाँडफाँडका लागि गठित सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दै छ ।
बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको छ ।
बिहीबार कार्यदलको बैठकमा गठबन्धनका शीर्ष नेताहरुले आआफ्नो दलको दाबी पेश गरेका थिए ।
बैठकमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए ।
यद्यपि १६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।













प्रतिक्रिया