२९ आश्विन २०८३, बिहिबार

कास्की आदर्श सेवा समाज पोर्चुगलको अध्यक्षमा भट्टराई चयन

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोर्चुगल, ९ भदौ । कास्की आदर्श सेवा समाज पोर्चुगलको अध्यक्षमा शक्ति भट्टराई चयन भएका छन् ।

‘कस्केलीहरुको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ मूल नाराका साथ पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न समाजको चौथो अधिवेशनले भट्टराईको अध्यक्षताका नयाँ कार्यसमिति चयन गरेको हो ।

दुईवर्षे कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा विशाल आचार्य र शोभा पुरी गिरी चयन भएका छन् भने महासचिवमा सबिन पौडेल चयन भए ।

त्यसैगरी समाजको उप–महासचिवमा ईश्वर देवकोटा, सचिवमा सुरेश न्यौपाने, राजेन्द्र दियाली र नारायण थापा तथा कोषाध्यक्षमा जानुका आचार्य र सह–कोषाध्यक्षमा बिन्दु गौतम चयन भएका छन् ।

अधिवेशनले समाजको सदस्यमा सीता गुरुङ, ठाकुर गुरुङ, शोभा अधिकारी, कृष्ण गिरि, संगीता भण्डारी, मातृका परियार, रक गुरुङ र सुष्मा जलारीलाई चयन गरेको छ ।

लिस्बनमा भएको चौथो अधिबेशनबाट कार्यसमिति चयन गर्न मेघनाथ सुवेदी (दीपक)को संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिका सदस्यहरूमा कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालका अध्यक्ष सीता बराल र सचिव भगवान गिरि थिए ।