
काठमाडौं, ९ भदौ । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न कटाक्ष प्रस्तुत गर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुनः काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)माथि व्यंग्य गरेका छन् ।
मेयर बालेनले काठमाडौंका फुटपाथ व्यवसायीलाई हटाउने तथा अनाधिकृत रुपमा बनाइएका संरचना भत्काउने कार्यलाई साम्पाङले कटाक्ष गरेका हुन् ।
उनले लेखेका छन्, ‘व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन ! सबैको बाँच्ने अधिकार हुन्छ !’
उनको स्टाटसको हिजोआज आलोचना हुने गरेको छ । शुभचिन्तकहरुले समेत आफ्नो काम गर्नु भन्ने सुझाव दिएका छन् । यद्यपि हर्कको हर्कत भने झन आक्रामक हुँदै गएको छ । हिजो मात्रै यदि विद्यार्थीहरुले श्रम नगरे फेल गराइने नियम धरानमा ल्याउने बताएपछि उनी झन् आलोचित बनेका छन् । हुन त उनले आफ्नो भनाइको बचाउ गरे पनि उनको कार्यले प्रंशसा पाए पनि सामाजिक सञ्जालको स्टाटसले भने उनी आलोचित हुँदै गएका छन् ।















प्रतिक्रिया