२९ आश्विन २०८३, बिहिबार

नेकपा एमालेको पोलिटब्यूरो बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेकपा (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दै छ ।

बैठक बिहान पार्टी कार्यालय च्यासल ललितपुरमा बस्दैछ ।

बैठकले शुक्रबारदेखि हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिनेछ । त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पोलिटव्युरोलाई जानकारी गराउने छन् ।

एमालेले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको तयारीका लागि लगातार बैठक आह्वान गरेको छ । भदौ ७ मा स्थायी कमिटी बैठक राखेको एमालेले आज ९ गते पोलिटब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ ।