२९ आश्विन २०८३, बिहिबार

बैंकिङ कसूरमा एक करोड २१ लाखसहित कैद तोकिएका फरार अभियुक्त पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ८ भदौ । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूकुम (पूर्व) सिस्ने गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ३१ वर्षीय अर्जुन बुढाथोकी र मकवानपुर मकवानपुरगढी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बुद्धनगर बस्ने २८ वर्षीय सन्तोष सापकोटा रहेका छन् ।

प्रहरीले अर्जुनलाई काठमाडौं सुकेधाराबाट मंगलबार र सन्तोषलाई काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बुद्धनगरबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले उक्त मुद्दामा अर्जुन उपर २४ दिन कैद सजाय र १ करोड १९ लाख ४ हजार रूपैयाँ जरिवाना र सोही अदालतको २०७९ जेठ २४ गतेको फैसलाले सन्तोष उपर ५ दिन कैद सजाय, २ लाख ५९ हजार रूपैयाँ जरिवाना र १० हजार ३ सय ६० रूपैयाँ क्षतिपूर्ती शुल्क भराउने सजाय ठहर भएको थियो ।

अर्जुनलाई जिल्ला अदालत काठमाडौंमा र सन्तोषलाई जिल्ला अदालत ललितपुर लगनखेलमा फैसला कार्यान्वयनको लागि उपस्थित गराईएको छ ।