
काठमाडौं, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवाले भेट्न बोलाएपछि अध्यक्ष ओली बालुवाटार पुगेका थिए ।
हाल सत्ता गठबन्धनबीच सिट बाँडफाँडको विषय पेचिलो बनिरहेको बेला उनीहरुबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भेटमा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायबारे छलफल भएको बताइएको छ । भेटमा एमालेका तर्फबाट सुवास नेम्बाङ, विष्णु पौडल तथा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।















प्रतिक्रिया