२९ आश्विन २०८३, बिहिबार

सरिता गिरीले किन छोडिन् एक महिनामै सद्भावना पार्टी ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । सरिता गिरीले एक महिनामै सद्भावना पार्टी परित्याग गरेकी छन् ।

साउन ७ गते पार्टी प्रवेश गरेकी गिरीले एक महिनामै पार्टी छोडेको जानकारी दिएकी हुन् ।

उनले आज फेसबुकमार्फत आफूले सो पार्टी छाडेको र आजदेखि स्वतन्त्र भएको बताएकी छन् ।

उनले भनेकी छिन्, ‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडी बढाउनका लागि उहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु । नेपाल सद्भावना पार्टीलाई मेरो सदैव सद्भावना रहने छ । कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय हो ।’