३० आश्विन २०८३, शुक्रबार

नबिलले ल्यायो ‘नबिल ढुक्क मुद्धती खाता’, दश गुणासम्म पाउन सकिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ ।

‘नबिल ढुक्क मुद्दती खाता’ अन्तर्गत ग्राहक वर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बरदेखि दश गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् ।

यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी विप्रेषणअन्र्तगत खोलिने ढुक्क मुद्दती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गत ग्राहकले रु ३००,००० सम्मको क्रेडिट कार्ड सुबिधा पनि पाउन सक्नेछन् ।