२९ आश्विन २०८३, बिहिबार

जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।

समितिको तेस्रो बैठक आज दिउँसो २ बजे बस्नेछ । यसअघि समितिले २९ भदौभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको छ ।

मंगलबार बसेको बैठकले जबरालाई यही साता सफाइ पेश गर्ने मौका दिएको थियो ।

समितिले भदौ २९ भित्रै टुंग्याउने प्रस्ताव राखेकोमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने भदौ २५ भित्रै टुंगो लगाउनुपर्ने अडान राखेको छ । आजको बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ ।

सरकारले १ फागुन २०७८ मा जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । फागुन २१ मा महाअभियोग सिफारिस समिति गठन भएको थियो ।