
काठमाडौं, ७ भदौ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ दलीय मोर्चाले आयोजना गरेको नेपाल बन्दको नगण्य प्रभाव परेको छ ।
काठमाडौं उपत्यकामा छिटफुट रुपमा बन्दको प्रभाव छ भने अन्य क्षेत्रमा पनि सामान्य प्रभाव देखिएको छ ।
काठमाडौंमा केही सवारीमा तोडफोड गरिएको छ भने केही बन्दकर्ताहरुलाई पक्राउ गरिएको छ ।
नेकपाले सरकारसँग २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेकपाले आजका लागि देशव्यापी बन्दको घोषणा गरेको थियो ।















प्रतिक्रिया