
काठमाडौं, ७ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँडका लागि गठित कार्यदलले निष्कर्ष दिन नसकेपछि शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।
कार्यदलले भागवण्डा गर्न नसकेपछि गठबन्धनका शीर्ष नेतृत्वहरु आफैँ बैठक बसेर टुंग्याउन लागेका हुन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि सोमबार पनि नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो ।















प्रतिक्रिया