२९ आश्विन २०८३, बिहिबार

विप्लवका दुई नेता पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना नेता पक्राउ परेका छन् ।

आज बिहान डोटीको दिपायलमा बन्द गराउँदै हिँड्ने दुई नेता पक्राउ परेका हुन् ।

नेकपाका डोटी जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई पक्राउ गरिएको सो पार्टीले जनाएको छ ।

नेकपाले पक्राउ गरिएकालाई तुरुन्तै रिहा गर्न पनि माग गरेका छ ।

आज विप्लवसहित चार दलीय मोर्चाले बन्दको आह्वान गरेका छन् ।