
काठमाडौं, ७ भदौ । नेपाल बन्द गराउँदै हिँडेका केही बन्दकर्ताहरु पक्राउ परेका छन् ।
काठमाडौं उपत्यकामा १८ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार दलीय मोर्चाले नेपाल बन्द आह्वान गरेका छन् ।
काठमाडौंको लगनटोल, माछापोखरी, बसपार्क र ललितपुर गरी १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।















प्रतिक्रिया