
काठमाडौं, ६ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।
आयोगले आज साढे ११ बजे छलफलका लागि दलहरुलाई आयोगको कार्यालय कान्तिपथमा बोलाएको हो ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो ।
यसअघि आयोगले निर्वाचन सम्पन्न गर्न अनुमानित १० अर्ब बजेट लाग्ने भन्दै अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको छ । त्यस्तै ५०३ प्रकारका मतपत्र हुने आयोगले जनाएको छ ।















प्रतिक्रिया