
काठमाडौं, ६ भदौ । आज बस्ने प्रतिनिधिसभाको बैठक नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।
समाजवादी चिन्तक गिरीको शनिबार राति साढे ९ बजे निधन भएको थियो भने आइतबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको थियो ।















प्रतिक्रिया