
काठमाडौं, ६ भदौ । अब इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमै लेख्न सकिने भएको छ ।
निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले थप ७७ करोड रुपैयाँ बजेट भए देवनागरी लिपिमै नम्बर लेख्न सकिने जनाएको छ । कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर यसबारे जानकारी गराएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसका लागि गर्नुपर्ने कार्यबारे जानकारी लिँदै कम्पनीलाई पत्र पठाएको थियो ।
त्यसको जवाफमा कम्पनीले थप लगानी र समय लाग्ने बताएको हो । पहिलो सम्झौता चार अर्ब ६७ करोड रुपैयाँको थियो ।
अब यातायात व्यवस्था विभागले थप विवरण माग गर्ने जनाएको छ ।















प्रतिक्रिया