२९ आश्विन २०८३, बिहिबार

बाढी–पहिरोका कारण २२ जनाको मृत्यु, ४ लाख नागरिक प्रभावित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्बीर/ फाइल तस्बीर

काठमाडौं, ५ भदौ । भारतको हिमाञ्चल प्रदेशमा बाढी पहिरोबाट २२ जनाको मृत्यु भएको छ। दर्जनौं मानिस बेपत्ता भएका छन्।

बाढीमा हराइरहेकाहरुको खोजी भइरहेको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

बाढीका कारण झण्डै ४ लाख नागरिक प्रभावित भएका छन्।

गत शुक्रबारदेखि निरन्तर परेको वर्षाका कारण हिमाञ्चलसहित उडिसा र झारखण्डमा पनि बाढी–पहिरोले क्षति गरेको हो।

भारी वर्षाका कारण जम्मुकश्मिरको वैष्णेदेवी तथा बद्रि केदारका तीर्थ यात्रा पनि अवरुद्ध भएका छन्। बद्रि केदार जाने सडकहरुमा ब्यापक पहिरो जाँदा यात्रा केही दिन अवरुद्ध हुने जनाइएको छ।

वर्षा प्रभावित राज्यहरुमा साढे ७ सय बढी सडकमा क्षति पुगेको र आपूर्ति व्यवस्था समेत अवरुद्ध भएको जनाइएको छ।