२९ आश्विन २०८३, बिहिबार

दोब्बर उमेरका पुरुषसँग विवाह गर्न अस्वीकार गरेकोमा युवतीलाई जुत्ता चाट्न लगाइयो (भिडियो)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आफ्नो उमेरको दोब्बर बढी भएको पुरुषसँग विवाह गर्न अस्वीरका गरेपछि पाकिस्तानको पञ्जाबमा एक युवतीमाथि यातना दिइएको छ ।

कलेज पढ्ने ति युवतीले आफ्नो साथीको बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको घटना सार्वजनिक भएको हो ।

युवतीले विवाह अस्वीकार गरेकोमा उनको कपाल मुन्डन गर्ने तथा जुत्ता चाट्न लगाएर दुर्व्यवहार भएको सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा देख्न सकिन्छ ।

घटना लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

भिडियोमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौँ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाएको देख्न सकिन्छ ।

त्यहाँको प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाइएको छ ।

हेर्नुस् भिडियोः