२९ आश्विन २०८३, बिहिबार

एमाले मतवृद्धिको अभियानमा जुटेको छ, आंकलनमा होइनः शंकर पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनको मतवृद्धिको अभियानमा जुटेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । महासचिव पोखरेलले एमालेले आंकलन गरेको भन्दै भ्रमुपूर्ण प्रचारबाजी सुरुभएको बताए । त्यस्तोमा एमाले आंकलनमा नभएर मतवृद्धिको अभियानको लागेको स्पष्ट पारे ।

‘नेकपा(एमाले)को आकलन भन्दै भ्रमपूर्ण प्रचारवाजी सुरुभएको छ’, उनले लेखेका छन्, ‘नेकपा(एमाले)ले मंसिरमा हुने चुनावका लागि मतवृद्धि अभियानमा जुटेको छ, आकलनमा होइन ।’