
काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र)ले आजको बैठकमा पनि पदाधिकारी टुंगो लगाउन सकेन ।
आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो ।
बैठक पुनः शनिबार दिउँसो १ बजे बस्ने प्रवक्ता कृष्णबहादुर महराले बताए । त्यस्तै, पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको उनले बताए ।
शनिबारको बैठकमा टुंगो लगाइने महराले जानकारी दिए ।















प्रतिक्रिया