३० आश्विन २०८३, शुक्रबार

बालेनमाथि हर्क साम्पाङको कटाक्ष: मेरो घोचपेचले काला चस्मा लाएर सुतिरहेकाहरु जुर्मुराए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुनः आज पनि काठमाडौंका मेयर बालेन्द्र साह बालेनमाथि कटाक्ष गरेका छन् ।

हिजो साँझदेखि फेसबुकमा स्टाटस लेखेर व्यंग्य गरेका साम्पाङले आज पनि त्यसलाई निरन्तरता दिए । उनले हिजो आफूले जे जसरी भनेको भए पनि काला चस्मा लाएर सुतिरहेकाहरुलाई जुर्मुराएको टिप्पणी गरे । ‘मैले के भनें कसरी भनें भन्दा पनि मैले भनेको कुराले कस्तो र कति तरंग ल्यायो र काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु ! सी द रिजल्ट नट द वे’, उनले आजको स्टाटसमा लेखेका छन् ।

त्यस्तै, उनले सत्य स्वीकार्न गाह्रो हुने बताए । उनले आफूले घोचपेच नगरेको भए काठमाडौंको फोहोर व्यवस्थापन नहुने दावी समेत गरे ।

उनले आजै अर्को स्टाटसमा लेखेका छन्, ‘सत्य स्वीकार्न गाह्रो हुन्छ तर सत्य सत्य नै हो ! अब बिस्तारै काठ्माण्डौँ तातिएर फोहोर व्यवस्थापन गर्नेछ ! यी सब घोच्पेच नभएको भए हुँदैन थियो ! धन्यवाद युवा संघका युवाहरु र सबैलाई !’

त्यस्तै, उनले मेयर बालेनलाई हावा गफ नभइ काम चाहिएको र फोहोरको ठेगान लगाएर मात्रै कुरा गर्न पनि सुझाए । हर्कले अर्को फेसबुक स्टाटसमा भनेका छन्, ‘फोहोर सम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा ! फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है ! हावा गफ होइन काम चाहिएको छ जनतालाई !’

हिजोको स्टाटसमा बालेनले पनि कमेन्ट गरेपछि उनीहरुबीच फेसबुकमा वाकयुद्ध चलेको थियो । त्यसपछि हर्कले बारम्बार स्टाटसमार्फत घोचपेच गरेका थिए भने आज विभिन्न सञ्चारमाध्यमहरुले उनीहरुबीचको छेडखानीलाई विभिन्न माध्यमबाट कटाक्ष पनि गरेका थिए ।