२९ आश्विन २०८३, बिहिबार

हर्क साम्पाङले १०० दिनमा के-के गरे ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले १०० दिनको आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले आफूले १०० दिनमा गरेका कार्यहरुको सूची सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

उनले १३ बुँदा आफ्ना कामहरुलाई समेटेका छन् ।

यस्तो छ हर्क साम्पाङले गरेका कार्यहरुः

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें

२. ४ ठाउँबाट खानेपानीको मूहान थपें

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ

४. ६ लाख विरुवा रोपें

५. सरसफाइमा देखिने सुधार ल्याएँ

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें

८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन

९. लागु औषध विरुद्धको अभियान शुरु गरें

१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ

११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें

१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ