शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नागरिकता विधेयक जस्ताको त्यस्तै आजै पारित गरिँदै

दैनिक नेपाल २०७९ भदौ २ गते ७:३९

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट १५ बुँदे सन्देशसहित फिर्ता भएको विवादित नागरिकता विधेयक जस्ताको त्यस्तै आजै पारित गर्ने तयारी गरेको छ ।

आज बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संसदमा नै फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने प्रस्ताव पेश हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले फिर्ता भएको नागरिकता विधेयक हुबहु पारित गरी प्रमाणीकरणका लागि पठाउने कार्यसूचीमा उल्लेख छ ।

चौतर्फी विरोध भएपछि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित