मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

बैंकिङ कसूरमा ४२ लाख जरिवाना र कैद तोकिएका फरार अभियुक्त पक्राउ

दैनिक नेपाल २०७९ भदौ १ गते २०:२६

सांकेतिक तस्वीर

काठमाडौं, १ भदौ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१० बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका ३९ वर्षीय निरज बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ८ दिन कैद र ४२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

बुढाथोकीले सेन्चुरी वैंक लिमिटेड शाखा कार्यालय कोटेश्वर काठमाडौंमा रहेको वैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर गठ्ठाघर बस्ने स्याङजा विरूवा गाउँपालिका–६ घर भएका २७ वर्षीय सन्जोग लम्साललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७९ गत असार ६ गतेको फैसलाले ६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित