शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

गगन थापाको आग्रहः फोहोरमा अवरोध नगर्दिनुस्, महानगरलाई विश्वास गरौं

दैनिक नेपाल २०७९ भदौ १ गते २०:२२

काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोर फाल्नमा अवरोध नगर्न सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयबासीलाई आग्रह गरेका छन् ।

फोहोरले काठमाडौं उपत्यका अस्तव्यस्त भएको भन्दै थापाले एक अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

‘सिस डोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु ।’ थापाले अपिलमा भनेका छन्, ‘कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ ।’

स्थानीयसँग भएको सम्झौता कार्यान्वयनमा महानगर र मेयर लागिरहेको साथ दिनका लागि उनले आग्रह गरेका छन् । ‘महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ ।’

 

प्रतिक्रिया
सम्बन्धित