मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

विद्युत प्राधिकरणको नाफाको ग्राफ अझै बढ्छ : कुलमान घिसिङ

दैनिक नेपाल २०७९ भदौ १ गते १९:३०

दार्चुला, १ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा भएको प्राधिकरणको ३७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् ।

उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताए ।

उनले प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको बताए । उनले वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत निर्यात गर्न सफल भएको बताए ।

घिसिङले भनेका छन्, ‘विद्युत प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र विद्युत प्राधिकरण घाटामा नै भइरहने थियो ।

प्रतिक्रिया
सम्बन्धित