शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पुरुष चाहिँदैन् भन्दै यी अभिनेत्रीले आफैसँग बिहे गरिन्

दैनिक नेपाल २०७९ भदौ १ गते १३:१३

एजेन्सी, १ भदौ । ‘सोलोगेमी’ अर्थात् आफैंसँग विवाह गर्ने अवधारणा विश्वभर तीव्र गतिमा बढिरहेको छ । हालै ‘दिया और बाती हम’ फेम कनिष्का सोनीले आफैंसँग विवाह गरेपछि सोलोगामी फेरि चर्चामा आएको छ ।

यसअघि गुजरातकी क्षमा बिन्दुले आफूसँग विवाह गरेकी थिइन् । कनिष्काले अगस्ट १६ मा सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका    हुन् ।

अभिनेत्रीले सिन्दुर र मंगलसूत्र लगाएको पोस्ट आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । यसको क्याप्शनमा अभिनेत्रीले लेखेकी छिन्, ‘मैले बिहे गरेकी छु । किनकी म मेरो सपना आफै पुरा गर्छु । मैले माया गरेको मान्छे, त्यो मान्छे म आफै हुँ। मलाई सोधिने सबै प्रश्नको जवाफ दिनुहोस्, मलाई कहिल्यै पुरुषको आवश्यकता परेन।’

कनिष्कले थप लेखेका छन्, ’म सधैं एक्लै खुसी छु र मेरो गिटारसँग शान्तिपूर्ण जीवन बिताउँछु। म एक देवी हुँ, बलवान र शक्तिशाली, शिव र पार्वती दुवै म भित्र छन् ।’ कनिष्काको करियर निकै राम्रो चलिरहेको थियो तर त्यही बीचमा उनले टिभी दुनियाँ छोड्ने निर्णय गरिन् । जसको पछाडिको कारण भने अभिनेत्रीले हलिउड करियरलाई बताइन् । मिडियालाई दिएको पुरानो अन्तर्वार्तामा कनिष्काले अब आफ्नो अभिनयलाई उच्च स्तरमा लैजान चाहने भएकाले हलिउडमा ध्यान केन्द्रित गर्न चाहेको बताइन् । यति मात्र होइन, अभिनेत्रीले क्यानडाका चर्चित निर्देशकको सर्ट फिल्ममा पनि भूमिका पाएको बताइन् ।

टिभी अभिनेत्री कनिष्का वर्षौंदेखि टिभी उद्योगमा संलग्न छिन् । उनले सन् २००७ मा गायन रियालिटी शो ’बाथरुम सिंगर’ बाट आफ्नो करियर सुरु गरेकी थिइन्, जहाँ अभिनेत्रीले प्रतियोगीका रूपमा सो शोमा भाग लिएकी थिइन्। कनिष्क ’दिया और बाती हम’, ’दो दिल एक जान’, ’बाल वीर’, ’भारत का वीर पुत्र महाराणा प्रताप’ बेगुसराय र ’कुल्फी कुमार बाजेवाला’ जस्ता उत्कृष्ट टिभी कार्यक्रमहरूको हिस्सा पनि भइसकेका छन्। केही समयअघि कनिष्काले टिभी उद्योगलाई अलविदा गरिसकेपनि उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।

प्रतिक्रिया
सम्बन्धित