२९ आश्विन २०८३, बिहिबार

डोल्पामा यस वर्ष १४ सय ६९ सवारी कारबाहीमा, १३ लाख बढी राजश्व संकलन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, १ भदौ । हिमाली जिल्ला डोल्पामा सञ्चालित आ.ब. २०७८/७९ मा १ हजार ४ सय ६९ सवारी साधनलाई कारबाही गरिएको छ । जिल्ला भित्रका विभिन्न सडकहरुमा ट्राफिक नियम विपरीत संचालन भएको ठूला तथा साना सवारी साधनलाई कारबाही गरिएको हो ।

आ.ब. २०७८/७९ मा सवारी साधान कारबाहीबाट संकलित जम्मा १३ लाख ४२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भई जम्मा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोल्पाका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद मरासिनीले जानकारी दिए ।

मरासिनीका अनुसार आ.व.७८/७९ मा ट्रक जम्मा १५ वटा, जिप कार ३९३ वटा, ट्याक्टर ६९० वटा, मोटरसाईकल ३७१ वटा गरि आर्थिक बर्ष भरी जम्मा १,४६९ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।

कारबाहीमा परेका ट्रकबाट १४ हजार, जिप कार बाट ३ लाख ५६ हजार, ट्याक्टर बाट ६ लाख ६५ हजार ५ सय, मोटरसाईकल बाट ३ लाख ७ हजार राजश्व संकलन भएको जिल्ला टफिक प्रहरी कार्यालय डोल्पाल जनाएको छ ।

आ.व.७८/७९ मा डोल्पामा ६ वटा सवारी साधन दुर्घटना भएका छन । यस आ.व भित्र जिल्लाका विभिन्न ठाउँहरुमा जिप ३ वटा, मोटरसाईकलन १ वटा, ट्याक्टर २ वटा गरी जम्मा ६ वटा सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

यस आर्थिक वर्ष भित्र २ जना पुरुषले सवारी दुर्घनाबाट ज्यान गुमाएका छन् भने महिला २ जना र पुरुष १४ जना गरी जम्मा १६ जना घाईते भएका छन । जिल्लामा सवारी दुर्घटना हुनुको कारण सडकको अवस्था र खराब यान्त्रीकरणले गर्दा धेरै जस्तो दुर्घटना भएको पाईएको कार्यालयल जनाएको छ ।

यस आ.व मा जिल्ला टफिक प्रहरी कार्यालय डोल्पाले ९२ वटा टफिक जनचेतनामुलक कार्यक्रमहरु सम्पन्न गरेको छ । सवारी दुर्घना न्यूनिकरण सम्बन्धी सामुदायीक विधालयहरुमा,चालक सहचालक तथा यात्रुहरु, पैदल यात्रुहरुलाई विभिन्न जनचेतना मुलक सन्देशहरुका बारेमा जानकारी गरेको जनाईएको छ । यस्तै जिल्लाको ४ वटा स्थानमा टफिक संकेतहरु राखिएको जिल्ला टफिक प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

खेतबारीको बाली किराले खाएपछि डोल्पाका किसान चिन्तित

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ रसी गाउँ लगाएत जिल्लाका विभिन्न ठाउँहरुमा खेतबारीमा लगाएको बालीबोट किराले खाएपछि किसान चिन्तित बनेका छन् । खेतबारीमा लगाएको वर्षे बालीबोट किराले खाएपछि यो वर्ष कमै मात्रामा अन्न उत्पादन हुने डरत्रासमा किसान बसेका छन् ।

खेतबारीमा रोपेको मकै, चिनो, गहुँ, फापरको फल र बोट किराले खाएको त्रिपुरासुन्दरी नगरपालिका २ का कृषक रामप्रसाद बोहोराले बताए । कृषक बोहोराको अनुसार स्थानीय भाषामा सुन किराले बालीबोट सखाप पारेपछि यो बर्ष अन्नपात उत्पादनमा कमी आउने डर भएकोले भोकमारी पर्ने संकेत देखिएको बताईएको छ ।

वैशाख जेष्ठ महिनामा खेतबारीमा लगाएको बालीबोट असोज कार्तिकमा घर भित्र्याउने समय आउन लाग्दा खेतबारीमा बालीबोट किराले सवै खाईदिएपछि यो बर्षको पसिना सबै खेर गएको अर्का स्थानीय किसान हिमराज बुढाले दुख व्यक्त गरे । बुढाले भने, खेतबारीमा किरा अनौठो तरिकाले फैलिएको छ हामी संग किरा मार्ने न कुनै औषधि छ न कुनै उपाय छ । सबै ठाउँमा एकैनास किरा फैलिएको छ ।

डोल्पा जिल्ला भुगोलको हिसावले भिरालो जमिन भएको र हिमाली क्षेत्र भएका कारण यहाँका किसानहरु बर्षे बालीबोट लगाउने गर्छन् । भिरालो जमिनमा उत्पादन गरेको खेतीले ६ महिना दिन सम्म आफ्नै उत्पादनले घर खर्च लगाउने यहाँका किसानहरु कहिले खडेरीका कारण, कहिले भारी वर्षादका कारण, कहिले विभिन्न बालीबोटमा लाग्ने रोग र किराको कारणले पिडित हुँदै आएको किसानहरुले बताउने गरेका छन् ।

डोल्पा जिल्लामा कृषक र किसानका लागि थुप्रै अनुदानका कार्यक्रमहरु आएपनि असल कृषकको हातमा आजसम्म पर्न नसकेको स्थानिय कृषक क्याल्बो बुढाले बताए । जुन आफ्नै खेतीपाती गरेर केहि महिना सम्म हातमुख जोर्छन् तिनको लागि नभई ठूलाबडाको नजिक चिनजानको भरमा सरकारी अनुदान वितरण हुने गरेको बुढाले गुनासो व्यक्त गरे ।