शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम सञ्चालनमा

दैनिक नेपाल २०७९ भदौ १ गते ८:५८

काठमाडौं, १ भदौ । नेपालमा टिभिएस टू व्हिलरको एकमात्र वितरक जगदम्बा र मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए ।

ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाई छ । टिभिएसले निरन्तररूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको उनले बताए ।

कार्यक्रम स्याङजा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । त्यस क्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजिववहादुर बस्नेत, प्रहरी उपरीक्षक रविन्द्र खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतलीबजार नगरपालिका वडा र्न ३ र ४ का वडा अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

जगदम्बामोटर्स प्रा. लि. टिभिएसको एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभिएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ ।

आज, टिभिएस उच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्री–पछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पार्ट्र्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित