शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ

दैनिक नेपाल २०७९ साउन ३१ गते २०:४१

सांकेतिक तस्वीर

काठमाडौं, ३१ साउन । कुमारी आमा निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठलाई उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले पक्राउ गरेको हो ।

धनुषाकी निहारिकाले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै न्यायका लागि माग गरिरहेकी थिइन् । उनले आरोपी श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

राजपुतले काठमाडौंको माइतीघर मण्डला र बसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी थिइन् भने पछिल्लो समय राष्ट्रपति कार्यालय शीतल निवास अगाडि आत्मदहको प्रयास पनि गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित