शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सिसाको पुलसहितको साइकलमार्ग निर्माण हुने

दैनिक नेपाल २०७९ साउन ३१ गते १९:५५

इलाम , ३१ साउन ।  सूर्योदय नगरपालिकामा नयाँ साइकलमार्ग निर्माण हुने भएको छ । नगरपालिकाले सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकलमार्ग निर्माण गर्ने भएको हो ।

सूर्योदय नगरपालिकाको कन्यामस्थित डुँडे गैरादेखि ऐतिहासिक खलङ्गा रहेको पूर्णे डाँडासम्म साइकलमार्ग निर्माण हुने बताइएको छ ।

सुरुमा परियोजनाको कूल लागत रु सात करोड ५५ लाख अनुमान गरिए पनि सिसाको पुलको लागत बढ्ने भएपछि परियोजनाको लागत रु १० करोड पुग्ने छ ।

सो मार्गले स्थानीय चार हजार आठ सय ७५ परिवारको आयआर्जनमा सहयोग पुग्ने बताइएको छ ।

एक वर्षभित्रमा सञ्चालमा आउने सो मार्ग निर्माण भएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउने छन् ।

नगरपालिकाको रु सात करोड ५० लाख, प्रदेश नम्बर १ को नवप्रवद्र्धन साझेदारी कोषको रु एक करोड ५० लाख, वित्तीय हस्तान्तरणअन्तर्गत समपुरक अनुदानको एक करोड लागतमा साइकलमार्ग निर्माण हुनेछ ।

गत जेठ ११ गते नगरपालिका र नवप्रवद्र्धन साझेदारी कोषबीच सम्झौता भएपछि मार्गको प्रारम्भिक काम सुरु भएको सूर्योदय नगरपालिकाका आर्किटेक्ट तथा सो कार्यक्रमका फोकल पर्सन सिजन गदालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित