३० आश्विन २०८३, शुक्रबार

अनेसासको केन्द्रीय सल्लाहकार मनोनित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, ३१ साउन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय सल्लाहकारमा सात जना साहित्यकार मनोनित भएका छन् ।

मनोनित हुनेमा निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’, साहित्यकार गोविन्द गिरी प्रेरणा (अमेरिका), नियात्राकार प्रतीक ढकाल (नेपाल), साहित्यकार भारती गौतम (अमेरिका), साहित्यकार भीमसेन सापकोटा (आचार्य राजन –अष्ट्रेलिया), साहित्यकार डा. रुपक श्रेष्ठ (बेलायत) र प्राडा सावित्री मल्ल कक्षपती (नेपाल) छन् ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतबार बसेको बैठकले सर्वसम्मत उक्त निर्णय गरेको हो । सल्लाहकारको कार्यावधि २०२४ जुलाईसम्म रहने छ ।