शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बञ्चरेडाँडामा तनाव, प्रहरीद्वारा हवाईफायर

दैनिक नेपाल २०७९ साउन ३१ गते १९:००

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर बोकेर गएको गाडीमा अवरोध भएपछि बञ्चरेडाँडामा तनाव भएको छ ।

स्थानीयले गाडीमा ढुंगामुढा, गुलेली हान्न थालेपछि प्रहरीले ५ राउण्ड हवाईफायर तथा केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

स्थानीयले आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ । अवरोधकै बाबजुद फोहोर भने विसर्जन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित