शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बाबुराम र वामदेव माओवादी केन्द्रबाट चुनाव लड्ने

दैनिक नेपाल २०७९ साउन ३१ गते ११:३५

काठमाडौं, ३१ साउन । नेसपाका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन् ।

माओवादी केन्द्रका आज बसेको स्थायी समितिको बैठकले भट्टराई र गौतमलाई माओवादीको चुनाव चिन्ह दिने निर्णय गरेको हो ।

यद्यपि कहाँ निर्वाचन लड्न दिने भन्नेबारे भने सत्तारुढ गठबन्धनसँग छलफल गरेर मात्रै निर्णय गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित