शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोसेली

दैनिक नेपाल २०७९ साउन ३१ गते १०:४६

काठमाडौं, ३१ साउन । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ ।

साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । यसैगरी पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ । यो योजना२०७९ भदौ १ देखि भदौ १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित