शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

‘वर्तमान परिप्रेक्षमा हजुरलाई २–४ सीट मात्र हुन्छ रे, नेपालज्यू’

निर्मल भट्टराई २०७९ साउन ३१ गते ९:२६

-निर्मल भट्टराई

‘वर्तमान परिपेक्ष्यमा नेकपा(एमाले)जस्तो क्रान्तिकारी पार्टी यो दुनियाँमा छैन । कमरेड मनमोहन अधिकारीले नेतृत्व गरेको प्रथम कम्युनिष्ट सरकारमा म उप–प्रधानमन्त्री भएको बेलामा नेकपा(एमाले)ले सुरू गरेको ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने क्रार्यक्रमले नेकपा(एमाले)लाई जनतामा अत्यधिक लोकपृय बनाएको तपाईंहरूलाई विदितै छ । जननेता मदन भण्डारीको अगुवाइमा पार्टीले अघि सारेको सिध्दान्त जनताको बहुदलीय जनवादलाई नेपाली जनताले हृदयदेखि नै स्वीकारेको अवस्थामा यो नेपाली धर्तीमा नेकपा(एमाले)लाई हराउन कुनै तागतले पनि सक्दैन’ आमसभामा हजारौं ताली बज्छन् ।

‘मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हाम्रो पार्टीको सिध्दान्त हो । हामी यो देशलाई आमूल परिवर्तन गर्न चाहन्छौं । राष्ट्र र पार्टीको स्वार्थको अगाडि मेरो कुनै स्वार्थ छैन । पार्टीको महासचिवको नाताले म भन्छु–तपाईंहरू पनि पद पद र प्रतिष्ठाको पछि नलाग्नुस् । हामी सिद्धान्तवादी हुनुपर्छ । पद, प्रतिष्ठा र पैसाको पछि लाग्नु हुन्न । देशको प्रमुख कम्युनिष्ट शक्ति नेकपा(एमाले) जति–जति मजबुत हुन्छ, त्यति नै यो देशको भाग्य र भविष्य सुनिश्चित हुन्छ,’ आमसभाको सबै कुनाबाट सिट्ठी र तालीको फोहरा छुट्छ ।

‘यो देशको क्रान्तिको मुख्य वाधक शक्तिको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । वर्तमान परिप्रेक्षमा यो शक्तिलाई परास्त नगरी न नेपालमा सामाजिक रूपान्तरण संभव छ, न समाजवादको आघार तयार नै तयार हुन्छ ।’

‘आज फुर्सद छैन रे । गठबन्धनमा सामेल कम्युनिष्टलाई कसरी साइजमा राख्न सकिन्छ र थोरै सीटमा टार्न सकिन्छ बन्ने गोप्य मिटिङ् छ रे । आज हजुरसँग भेट हुन्न रे ।’

देशका सबै देशभक्त, वामपन्थी शक्ति मिलेर नेपाली कांग्रेसलाई हराउनु पर्छ । किनभने नेपाली कांग्रेस विश्वास गर्न लायक शक्ति होइन । ०४६सालमा पञ्चायतका विरूध्द संयुक्त रूपमा लडियो । तर जब पञ्चायत फालियो, नेपाली कांग्रेस कम्युनिष्टको विरूध्दमा खुलेर लागिहाल्यो । ‘माले , मसाले र मण्डले एकै हुन्’ पो भन्न थाल्यो । गिरिजा प्रधानमन्त्री र देउवा गृहमन्त्री भएको बेला नेपाली जनताका प्रिय नेता मदन भण्डारीको रहस्यमय तरिकाले हत्या गरियो । टनकपुरलगायतका राष्ट्रघाती सन्धी सम्झौता नेपाली कांग्रेसकै सरकार भएको बेला गरिए ।

नेपाली कांग्रेसले लोकतन्त्रको रक्षा र राष्ट्रियताको सम्वर्धन गर्छ भन्ने यहाँ कसैलाई भ्रम छ भने आजैबाट त्यो भ्रम त्यागिदिए हुन्छ । सभा पुनः तालीले गुञ्जायमान भयो । ‘तपाईं सबैलाई थाहा छ, चुनावको मिति घोषणा भइसकेको छ । देशका कम्युनिष्ट शक्तिको विरूद्ध यहाँका दक्षिणपन्थी शक्ति सल्बलाउन थालेका छन् । वर्तमान परिप्रेक्षमा देशका सम्पूर्ण वामपन्थी, जनवादी र लोकतासन्त्रिक शक्ति मिलेर यहाँका प्रतिक्रियावादी शक्तिलाई परास्त गर्नुको विकल्प छैन । पार्टीबाट विभिन्न कारणले अलग–थलग बसेका, निस्कृय बसेका र असंगठित भएर बसेका सबै कमरेडहरूलाई घर फर्काएर सकृय बनाउनु पर्छ । सबै नेपाली न्यायप्रेमी मतदातालाई दायाँ बायाँ नगरी एमालेको चुनाव–चिन्ह ‘सूर्य’मा ‘ड्याम ड्याम’ ‘हजुर त सोफामै निधाउनु भएछ । ‘सूर्यमा ड्याम ड्याम’ भन्दै हुनुहुन्थ्यो ।’ देउवाका सहयोगीले भने ।

‘अँ अँ, भाषण गरेको सपना देखेंछु । अनि खै त देउवाजी ?’

‘आज फुर्सद छैन रे । गठबन्धनमा सामेल कम्युनिष्टलाई कसरी साइजमा राख्न सकिन्छ र थोरै सीटमा टार्न सकिन्छ बन्ने गोप्य मिटिङ् छ रे । आज हजुरसँग भेट हुन्न रे ।’

‘थोरै सीट रे ? कसरी हुन्छ ? हाम्रो अपमान हुँदैन ?’

‘हजुरको पार्टीलाई २–४ सीट र प्रचण्डको पार्टीलाई १५–२० सीट दिने रे । त्यस्तै कुरा गरिसिन्थ्यो ।’

‘यो त हुँदै भएन । आरजु म्याडम पनि हुनुहुन्न ?’

‘आरजु म्याडम त राखी बाँध्न दिल्ली गइस्या छ, होइसिन्न ।’ नेपालजी प्रधानमन्त्री क्वार्टर बालुवाटारबाट हस्याङ् फस्याङ् गर्दै बाहिर निस्के । गाडी चढ्दै गर्दा पिएलाई भनेको प्रष्टै सुनिन्थ्यो, ‘प्रचण्डलाई फोन लगाइहाल । साह्रै अपमा..न भो ।’

प्रतिक्रिया
सम्बन्धित