
काठमाडौं, ३१ साउन । सिरहामा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको छ । प्रहरीले गाँजा भेटिएपछि चालकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सोमबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका–१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्समा चेकजाँजका क्रममा गाँजा बरामद भएको हो ।
एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा ५ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा र २८ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चालक सिरहाको धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।















प्रतिक्रिया