शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नागरिकता विधेयक जस्ताको त्यस्तै फेरि राष्ट्रपतिसमक्ष पठाउने तयारी

दैनिक नेपाल २०७९ साउन ३१ गते ८:०९

काठमाडौं, ३१ साउन । पुनर्विचार गर्नुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित संसदमा फिर्ता पठाएको विवादास्पद नागरिकता विधेयक फास्ट ट्र्याकबाट पुनः प्रमाणीकरणका लागि पठाउने तयारी भएको छ ।

विधेयकमाथि गहन छलफल, बहस र परिमार्जन आवश्यक रहेको भन्दै पुनर्विचारका लागि फिर्ता पठाए पनि सत्तारुढ दलहरुले भने जस्ताको त्यस्तै पुनः प्रमाणीकरणका लागि पठाउन लागेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद कोइरालासँग छलफल गरेका थिए ।

त्यसपछि कार्य व्यवस्था परामर्श समितिको बैठकबिनै मंगलबारको कार्यसूचीमा नागरिकता एन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ताबारे राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउने विषय कार्यसूचीमा राखेका छन् ।

उता प्रमुख प्रतिपक्षी दलले भने सरकारले गल्ती गरेको अब सच्याउने बाटोमा आएको बताएको छ । यदि जबरजस्ती गरे प्रतिवाद गर्ने एमालेले चेतावनी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित