शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रासस सञ्चालक समिति सदस्यमा कृष्ण अधिकारी मनोनित

दैनिक नेपाल २०७९ साउन ३० गते २०:३६

काठमाडौं, ३० साउन । नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक समिति सदस्यमा दसौँ तहका वरिष्ठ अधिकृत कृष्ण अधिकारीलाई मनोनयन गरेको छ ।

सञ्चार तथा सूचना मन्त्रालयका अनुसार राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा ९१० को खण्ड (ङ) बमोजिम अधिकारीलाई मनोनयन गरिएको जनाएको छ ।

साउन २० गतेको मन्त्रिस्तरीय निर्णयबाट आगामी चार वर्षका लागि अधिकारीलाई सञ्चालक सदस्यमा मनोनयन गरिएको हो ।

तेइस वर्ष अगाडि सेवा प्रवेश गरेका अधिकारी राससको आलेख सम्पादन शाखाको प्रमुख छन् । उनले यसअघि प्रमुख समाचारदाता, समाचार सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित