शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एनएमबि हाइब्रिड फण्डएल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दैनिक नेपाल २०७९ साउन ३० गते १०:३३


काठमाडौं, ३० साउन । एनएमबि म्युचुअल फण्डअन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

दुवै फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाई धनीहरुलाई क्रमशः२१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

योजनाको लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिदैछ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाई धनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन् ।

एनएमबि क्याटिलद्वारा प्रबर्द्धित म्यूचूअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार रहेको छ ।

साथैे एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना “एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२” २०७९ श्रावण २६ गते देखि निष्काशन भइरहेको छ । सो योजनाको निष्काशन छिट्टोमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भाद्र ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित